Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

लिपमोटरको विश्वव्यापी सफलता : ९ लाख इलेक्ट्रिक वाहन वितरणको उपलब्धि

लिपमोटरको विश्वव्यापी सफलता : ९ लाख इलेक्ट्रिक वाहन वितरणको उपलब्धि
विज्ञापन
Advertisement

काठमाडौं ।विश्वव्यापी न्यू इनर्जी भेइकल (NEV) निर्माता लिपमोटरले हालसम्म कुल ९ लाख भन्दा बढी सवारीसाधन वितरण गरेको घोषणा गरेको छ। यो उपलब्धिले कम्पनीको तीव्र प्रगति र अन्तर्राष्ट्रिय बजारमा बढ्दो प्रभावलाई उजागर गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यस वर्षको पहिलो छ महिनामा लिपमोटरले अभूतपूर्व बिक्री प्रदर्शन गरेको छ, जसले कम्पनीको घरेलु तथा अन्तर्राष्ट्रिय बजार दुवैमा लोकप्रियता र विश्वसनीयता बढाएको छ। यही वर्ष कम्पनीले पहिलोपटक ‘फोर्च्युन चीन ५००’ सूचीमा स्थान पाएको छ, जुन यसको द्रुत विकासको अर्को महत्वपूर्ण माइलस्टोन हो।

लिपमोटरले निरन्तर नवीनता, पहुँचयोग्यता र प्रतिस्पर्धात्मक क्षमताका माध्यमबाट विश्व बजारमा आफ्नो ब्रान्ड प्रतिष्ठा बलियो बनाउँदै आएको छ। कम्पनीले स्तेलान्टिस समूहसँगको रणनीतिक साझेदारीअन्तर्गत ‘लिपमोटर इन्टरनेसनल’ नामक संयुक्त उद्यम स्थापना गरेको छ, जसले अन्तर्राष्ट्रिय बिक्री र वितरण व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नेछ।

हालसम्म लिपमोटरले युरोप, मध्यपूर्व, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी बजारमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। साथै, विश्वभर ६०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र स्थापना गर्दै कम्पनीले नयाँ उदीयमान विद्युतीय सवारीसाधन ब्रान्डहरूबीच विदेशी विस्तारको नयाँ मापदण्ड स्थापित गरेको छ।

नेपालमा पनि लिपमोटरले छोटो समयमा नै ग्राहकहरूको ध्यान आकर्षित गर्न सफल भएको छ। आकर्षक डिजाइन, आधुनिक सुविधा र किफायती मूल्यका कारण यसको लोकप्रियता बढ्दै गएको छ। हाल नेपालमा लिपमोटरका तीन मोडलहरू — C10, B10 र T03 — उपलब्ध छन्।

नेपालमा लिपमोटरको वितरण ‘सांग्रिला मोटर्स प्रा. लि.’द्वारा गरिन्छ, जुन गोल्छा अर्गनाइजेशनअन्तर्गत पर्छ। सांग्रिला मोटर्सले सन् २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटरका सवारीसाधनहरूको आधिकारिक आयात तथा बिक्री गर्दै आएको छ। कम्पनीका अनुसार, नेपालमा बढ्दो बजार माग र वातावरणमैत्री प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राख्दै, आगामी वर्षहरूमा थप नयाँ मोडलहरू ल्याउने तयारी भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit