Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्य गर्ने सहमती

सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्य गर्ने सहमती
विज्ञापन
Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्य गर्ने सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षले समझदारीपत्रमा हस्ताक्षर गरे ।

विज्ञापन
Advertisement
Advertisement

शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईआ) सतिश कार्की र क्याम्पसका तर्फबाट प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।

सजिलो नेटका सीईओ कार्कीले इन्जिनियरिङको क्षेत्रमा सफल एभरेष्ट कलेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्कीले उक्त सहकार्य केवल कागजका लागि मात्र नभएर साझा दृष्टिकोण र प्रतिवद्धतामा हुने बताए । ‘यो सहकार्य एउटा कागजी रुपमा मात्र होइन, यसमा हाम्रो साझा दृष्टिकोण र प्रतिबद्धता छ । शैक्षिक जगतलाई व्यवहारिकतासँग जोड्ने प्रयास हो,’ उनले भने, ‘पढिसकेपछि साथीहरु जागिरका लागि आउनुहुन्छ, तर उहाँहरुसँग ज्ञान त हुन्छ तर सीप हुँदैन, त्यसलाई परिपूर्ती गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’

त्यस्तै क्याम्पस प्रमुख हरिकृष्ण श्रेष्ठले सहकार्यले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिलाउन अझ मद्दत पुग्ने बताए ।‘अहिले हामीलाई आउने कम्प्लेन भनेको विद्यार्थीहरुमा प्राक्टिकल नलेज भएन भन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामी दिनमा हामीले हाम्रा विद्यार्थीहरुलाई ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान दिन सक्नेछौँ भन्ने विश्वास छ,’ उनले भने ।

साथै सजिलो नेटसँगको सहकार्यले कम्पनीका लागि मात्र नभएर देशमा दक्ष जनशक्ति उत्पादनका लागि समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे । ‘यो सहकार्यले केवल सजिलो नेटका लागि मात्र जनशक्ति उत्पादन हुने छैनन्, देशलाई प्रविधिसँग जोड्ने म्यानपावर उत्पादन हुनेछ,’ उनले भने । त्यस्तै क्याम्पसका प्रमुख कार्यकारी अधिकृत सीईओ अरुणकुमार भण्डारीले अब हरेक क्षेत्रले एकले अर्कोलाई आलोचना गर्ने भन्दा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अहिले यसले यो ग¥यो, यो गर्न सकेन भनेर अरुका आलोचना गर्ने गरिन्छ । तर हामीले सहकार्य गरेर काम गरेका छौँ त ? त्यसलाई एकपटक नियाल्नुपर्दछ । त्यसका लागि यस्ता किसिमका सहकार्यले हामीलाई देशमा दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्दछ,’ उनले भने ।

समारोहमा सजिलो नेटका तर्फबाट सीईओ सतिश कार्की, सीओओ विकास मुडभरी र सजिलो नेटका अध्यक्ष प्रकाशमान सिंह जिसीको उपस्थिति रहेको थियो । त्यस्तै क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रेष्ठसँगै सहायक क्याम्पस प्रमुख सहप्राध्यापक राजन लामा, कलेजका बोर्ड मेम्बर राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit