Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एशिया क्यापिटलद्वारा तीन स्थानमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआईसी एशिया क्यापिटलद्वारा तीन स्थानमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
विज्ञापन
Advertisement

काठमाडाैं । “विश्व लगानीकर्ता सप्ताह, २०२५” को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले एकैसाथ तीन वटा स्थानमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना कालदेखि नै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको एनआईसी एशिया क्यापिटलले यस वर्षको विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर विद्यार्थी, विभिन्न पेशामा आबद्ध व्यक्तित्व तथा आम सर्वसाधारणलाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमहरू कोसी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सेजोङ कोरियन भाषा इन्स्टिच्युट, सोलुखुम्बु बहुमुखी क्याम्पस तथा लुम्बिनी प्रदेशको पाल्पा जिल्लास्थित सहिद बहुमुखी क्याम्पस, रामपुरमा सम्पन्न भएका थिए।

२०८२ साल मंसिर १ गते बिहान सेजोङ कोरियन भाषा इन्स्टिच्युट, सल्लेरीमा सम्पन्न पहिलो कार्यक्रममा विभिन्न पेशामा आबद्ध व्यक्ति तथा आम सर्वसाधारण गरी ९० जनाभन्दा बढीको सहभागिता रहेको थियो। सोही दिन सोलुखुम्बु बहुमुखी क्याम्पसमा आयोजित दोस्रो कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा कर्मचारीसहित ११० जनाभन्दा बढी सहभागी थिए। त्यसैगरी २०८२ साल मंसिर २ गते सहिद बहुमुखी क्याम्पस, रामपुरमा सम्पन्न तेस्रो कार्यक्रममा १५० जनाभन्दा बढी विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालमा धितोपत्र बजारको विकास र विस्तार, डिम्याट खाता, ब्रोकर खाता तथा ‘मेरो शेयर’ खाता खोल्ने प्रक्रिया, आवश्यक कागजात, प्राथमिक शेयर निष्कासन (आईपीओ) मा आवेदन गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, एसआईपी, दोस्रो बजारमा सूचिकृत कम्पनीहरूमा लगानी गर्ने समय र तरिका तथा लगानीसम्बन्धी निर्णय लिँदा ध्यान दिनुपर्ने पक्षहरूबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रमका क्रममा पूँजी बजारको पछिल्लो अवस्था सम्बन्धमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो। ती तीनवटै कार्यक्रममार्फत प्रत्यक्ष रूपमा ३५० जनाभन्दा बढी सहभागीलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान प्रदान गर्न सफल भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit