Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो ३२औं वार्षिक साधारण सभा

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो ३२औं वार्षिक साधारण सभा
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । पुष १३ गते बसेको कम्पनी संचालक समितिको बैठकले इन्स्योरेन्सको ३२औं वार्षिक साधारण सभा माघ ६ गते (मंगलबार) गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको शंखमुलस्थित अनमोल व्याङ्केटमा बिहान ११ बोलाइएको साधारण सभाबाट कम्पनी अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने कार्यसूची छ ।

साथै, कम्नीको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात नाफा नोक्सान हिसाव नगद प्रवाह विवरणलगायतका प्रतिवेदनहरु पनि पारित हुनेछ । सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने कम्पनीले जनाएको छ ।

साथै, सभाले कम्पनीको चुक्ता पुँजी बीस करोड बाह्र हजार पाँच सय बयानब्बे रुपैयाँ लाभांशमा लाग्ने कर समेतको लागि नगद लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले यसअघि शेयरधनिलाई आठ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निणर्य गरिसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit