Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुनको निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्सिलाई फारिस गर्ने

राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुनको निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्सिलाई फारिस गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुननमा हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले आगामी फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने निर्णय गरेको हो । बैठकले संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने भएको छ ।

यस्तै, बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौती तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव बारे भावी रणनीति बनाउन समेत छलफल भएको परिषद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल,मुख्यसचिव एकनारायण अर्याललगायत सहभागि थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit