Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

प्रोटोन ईमासको काठमाडौँमा एक्सचेन्ज अफर १ दिन थप गर्दै २४ सम्म विस्तार

प्रोटोन ईमासको काठमाडौँमा एक्सचेन्ज अफर १ दिन थप गर्दै २४ सम्म विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । जगदम्बा मोटर्स प्रा।लि। अन्तर्गत (इभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

पूर्वनिर्धारित अवधिमा १ दिन थपिएका कारण, यो कार्यक्रम नोभेम्बर २१ देखि २४ सम्म काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ। चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ।

एक्सचेन्ज अफर  ४६.९९ लाखदेखि सुरु हुनेछ। प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा ४९२ र ५८५ किमि एनइडिसी रेञ्ज प्रदान गर्दछ।

उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ। यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit