Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, विक्रि प्रबन्धकमा सनराईज क्यापिटल नियुक्त

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, विक्रि प्रबन्धकमा सनराईज क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

काठमाडाैं। नेशनल फण्ड म्योनजमेन्ट लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकका रुपमा सनराईज क्यापिटलाई नियुक्त गर्दै शेयर निष्कासनको तयारीमा जुटेको हो । कम्पनीले क रुपैयाँ अंकितका दरले २१ लाख ६ हजार कित्ताले हुन आउन २१ करोड ६ लाख रुपैयाँ बराबरको २० प्रतिशत साधारण शेयर निष्कास गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त शेयर निष्काशनका लागि नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी सरोज गुरागाई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको हो।

यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ ।

साथै बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्र को लागि योग्य संस्थागत लगानीकर्ता को रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ । यस कम्पनी कोष व्यवस्थापक रहिे पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा ‘नेशनल इक्वीटि फण्ड–१’ र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा ‘नेशनल हाईड्रो फण्ड–२’ संचालन गर्दै आएकोे छ ।

क्रेडिट रेटिङ्ग संस्थाद्वारा रेटिङ्ग प्राप्त यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा सरकारी संस्थाहरुको करिव २७ प्रतिशत लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एन.आर.एन. हरुको लगानी रही विगत ३ वर्ष देखि लाभांश वितरण गर्दै आएको छ।
.

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit