Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

विन नेपाल लघुवित्त १२ औं वर्षमा

विन नेपाल लघुवित्त १२ औं वर्षमा
विज्ञापन
Advertisement

काठमाडाैं। विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफल रुपमा पूरा गरि १२ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल द्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडा लगायतका संस्थाका प्रतिनिधिहरुले विशेष विद्यालयमा पुगेर सो सामग्रीहरु वितरण गरेका थिए । ग्रामीण क्षेत्रमा रहेका न्युन आय भएका तथा अल्पसंख्यक नागरिकहरुमा उच्च स्तरको सेवा प्रदान गर्दै आएको संस्थाले बागमती प्रदेशका ८ वटा जिल्लामा २१ वटा शाखा सञ्चालन गर्दै आएको छ ।

काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाको आठ करोड त्रिचालीस लाख चालीस हजार पाँच सय पचास शेयर पुँजी रहेको तथ्यांक उक्त संस्थाको पछिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit