Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले साधारण शेयर निष्काशन गर्ने, लक्ष्मी सन्राइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले साधारण शेयर निष्काशन गर्ने, लक्ष्मी सन्राइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त
विज्ञापन
Advertisement

 काठमाडाैं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० का दरले १५ लाख कित्ता साधारण शेयर जारी गर्न लागिरहेको छ, जसको कुल मूल्य १५ करोड हुने छ।

विज्ञापन
Advertisement
Advertisement

यस सम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको तर्फबाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता क्यापिटलको नयाँ बानेश्वरस्थित कार्यालयमा मंसिर ८ गते सम्पन्न भएको हो। कम्पनीका शेयरधनी विजय बहादुर शाह र कमल पन्थी समेत सम्झौता समारोहमा उपस्थित थिए।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी १०० करोड र जारी पूँजी ५० करोड रहेको छ। कम्पनीले स्थापना भएको तेस्रो वर्षदेखि लगातार छ वर्षसम्म खुद मुनाफा आर्जन गर्दै आएको छ। गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने खुद मुनाफा जगेडा कोषमा सारिएको जानकारी दिएको छ। कम्पनीको नेटवर्थ समेत शेयरको अंकित मूल्यभन्दा उच्च रहेको छ।

कम्पनीको अध्यक्षमा पूर्व बैंकर्स तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेका छन्। कम्पनीले निकट भविष्यमा सार्वजनिक रुपमा साधारण शेयर निष्काशन गर्ने तयारी पूरा भइसकेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit