Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

उत्तार चढाबकाबीच सामान्य अंकले बढ्यो नेप्से

उत्तार चढाबकाबीच सामान्य अंकले बढ्यो नेप्से
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको मंगलबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो दिन नेप्से सूचक ५.३२ अंकले बढेर २ हजार ६ सय ५५.९९ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक सामान्य अंकले बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो दिन सात अर्ब माथिको कारोबार भएको थियो भने यो दिन पाँच अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा बन्दिपुर केबलकार एण्ड टुरिजम, हिमालयन रिइन्स्योरेन्स, न्यादी ग्रुप पावर, युनियन हाइड्रो पावर लिमिटेड, शिवम् सिमेन्टको मूल्य १७ करोड २८ लाख रुपैयाँदेखि २६ करोड ९९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

सागर डिस्टिलरी लिमिटेड, श्रीनगर एग्रीटिच इन्ड्रटिज, स्वस्तिक लघुवित्त वित्तीय संस्था र बन्दिपुर केबलकारको शेयर मूल्य ७.२३ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये चारवटा समूहको सूचक घटेको छ भने ९ वटा समूहको सूचक बढेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit