Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

होन्डाको नयाँ कार ‘अल न्यु सीआर भी’ अब नेपाली बजारमा

होन्डाको नयाँ कार ‘अल न्यु सीआर भी’ अब नेपाली बजारमा
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा होन्डा अल न्यु सीआर भीको बिक्री सुरु भएको छ। नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ गाडी ‘अल न्यु सीआर भी’ को बिक्री थालेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरीसहितका विभिन्न विशेषताले उत्कृष्ट संयोजन गरिएको कम्पनीले जनाएको छ । गाडीमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ। गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको छ, जसमा वेलकम सिट, फुल एलइडी लाइट र पानोरामिक सनरुफ समावेश छन् ।

यस्तै, चालक र यात्रुको स्वास्थ्यलाई मध्यनजर गर्दै सो एसयूभीमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ। गाडीमा १० वटा एयर ब्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ। गाडीमा २१० एमएम ग्राउन्ड क्लिअरेन्स रहेको छ, जसले गर्दा कच्ची बाटोमा पनि यो एउटा राम्रो विकल्प हुन सक्छ । साथै, यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले, चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’ हरू रहेको कम्पनीले जनाएको छ ।

सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल रहेको कम्पनीको दाबी छ । न्यु सीआर भीमा एडीएएस अडास लेभल २ जडान गरिएकोले यात्रालाई सुरक्षित बनाउँछ। यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुने तथा शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’ को लागि उत्कृष्ट विकल्प हुन सक्नेछ।

स्याकारले ग्राहकका लागि विश्वस्तरीय प्रविधि र सुविधायुक्त गाडीहरू भित्र्याउन कम्पनी सधैं प्रतिबद्ध रहेको बताएको छ। ‘होन्डा अल न्यु सीआर भी’ ले नेपालको एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ उदाहरण बन्ने समेत कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार ‘होन्डा अल न्यु सीआर भी’ चार आकर्षक रङहरू कालो (ब्ल्याक), सेतो (ह्वाइट), निलो (ब्लु) र सिल्भर गरि चार कलरमा उपलब्ध हुनेछन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit