काठमाडौं। एक्सप्लोर अर्थ मूवर्स प्रालिले अत्याधुनिक र उच्च क्षमतायुक्त युनिरक डब्लुडि–५८१ ड्रिलिङ रिग पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ।
निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक पञ्चकन्या ग्रुप अन्तर्गतको मूवर्सले आधुनिक प्रविधिमा आधारित मेसिनरीमार्फत देशको पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो उपकरण भित्र्याएको जनाएको छ।
कम्पनीका अनुसार युनिरक डब्लुडि–५८१ निर्माण, खानी तथा ढुंगाखानी क्षेत्रमा प्रयोगका लागि विशेष रूपमा तयार गरिएको छ। यसमा उच्च क्षमताको इन्जिन, उन्नत नियन्त्रण प्रणाली, र उत्कृष्ट इन्धन बचत क्षमता जस्ता विशेषताहरू छन्, जसले कठिन भू–भागमा पनि सक्षम रूपमा काम गर्न मद्दत गर्छ ।
‘हामी पहिलो पटक नेपालमा युनिरक डब्लुडि–५८१ प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ। यो नवीनतम प्रविधियुक्त उपकरणले नेपालका निर्माण तथा खानी उपकरण क्षेत्रमा नयाँ स्तर स्थापित गर्नेछ। यसको उत्कृष्ट प्रदर्शन, इन्धन बचत क्षमता र भरपर्दोपनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ,’ अर्थ मूवर्स प्रालिले सार्वजनिक गरेको प्रस नोटमा उल्लेख छ ।
कम्पनीका अनुसार उक्त ड्रिलिङ रिगमा उन्नत हाइडे्रोलिक प्रणाली, सटीक काम सुनिश्चित गर्ने आधुनिक नियन्त्रण प्यानल, तथा सुरक्षाका उच्च मानक जडान गरिएको छ। नेपालको भौगोलिक विविधता र कठिन कार्यस्थललाई ध्यानमा राखी डिजाइन गरिएकोले ड्रिलिङ रिग उपकरण निर्माण तथा खानी क्षेत्रका लागि अत्यन्त उपयुक्त हुने कम्पनीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्