Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

लगानीकर्ताले ३० प्रतिशतसम्म मार्जिन कारोबार सुविधा पाउने, ब्रोकरको चुक्तापुँजी २० करोडको हुनुपर्ने

लगानीकर्ताले ३० प्रतिशतसम्म मार्जिन कारोबार सुविधा पाउने, ब्रोकरको चुक्तापुँजी २० करोडको हुनुपर्ने
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल धितोपत्र बोर्डले धितोपत्र ब्रोकर तथा दलाल व्यवसायीलाई मार्जिन कारोबारको सुविधा उपलब्ध गराउनेगरी मस्यौदा तयार पारेको छ । लामो समयपछिको प्रयासपछि बोर्डले धितोपत्र व्यवसायी मार्फत लगानीकर्ताहरुलाई मार्जिन कारोबार उपलब्ध गराउने बाटो खोलेको हो। बोर्डले जारी गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२’ को प्रारम्भिक मस्यौंदामा लगानीकर्ताले ३० प्रतिशतसम्म मार्जिन कारोबार सुविधा पाउने, ब्रोकरको चुक्तापुँजी २० करोडको हुनुपर्ने प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डले गरेको उक्त प्रस्तावमा धितोपत्र ब्रोकर तथा धितोपत्र दलाल व्यवसायी मार्फत लगानीकर्ताहरुलाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउनका लागि ब्रोकर कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव छ त्यस्तै, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्ने बोर्डको प्रस्ताव छ।

त्यस्तै मार्जिन कारोबारका लागि योग्य संस्थाको अर्थात कम्पनीको कम्तिामा ५० लाख कित्ता सर्वसाधारण शेयर सूचिकरण भएको, नेटवर्थ चुक्तापुँजी बराबर र सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको र प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत निष्कासन भएको शेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष भएको हुनुपर्ने बोर्डको प्रारम्भिक प्रस्ताव छ ।

लगानीकर्ताले मार्जिन कारोबार सुविधा लिनका ब्रोकर मार्फत छुटटै मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता खोल्नुपर्ने हुन्छ ।

मार्जिन कारोवार गर्ने लगानीकर्ताको मार्जिन कारोवार हितग्राही खातालाई धितोपत्र दलाल व्यसायी मार्फत खोलिएको मार्जिन कारोवार खाता र राफसाफ सदस्यको मार्जिन कारोवार राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्ने प्रस्ताव राखेको छ ।

त्यस्तै धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग लिनुपर्ने न्युनतम प्रारम्भिक मार्जिनमा ‘ए’ वर्गमा सूचीकृत संगठित संस्थाको शेयरमा ३० प्रतिशतसम्म मार्जिन कारोबारको सुविधा रहेको छ भने ‘बी’ वर्गमा परेका सूचिकृत संगठित संस्थाको शेयरमा ४० प्रतिशतसम्म मार्जिन सुविधा पाउन सकिने छ भने ‘ए’ र ‘बी’ वर्गमा नपरेको तथा योग्य सूचीकृत संगठित संस्थाको शेयरमा दिइएको मार्जिन कारोबार ३५ प्रतिशतसम्म पाउन सकिने बोर्डले मार्जिन कारोबार सुविधामा प्रस्ताव गरेको छ ।

त्यस्तै बोर्डले ब्रोकरहरुले लगानीकर्ताहरुलाई दिईने न्यूनतम सम्भार मार्जिन ‘ए’ वर्गको २० प्रतिशतसम्म, ‘बी वर्गको ३० प्रतिशत सम्म र योग्य सूचिकृतको कम्पनीको शेयरमा २५ प्रतिशतसम्म मार्जिन कारोबार सुविधा दिन सकिने प्रस्ताव गरेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit