images images images
images images images
images
images
images

सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन

images

काठमाडौं । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार काठमाडौंमा सम्पन्न सो नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष द्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित भएका छन् । यसैगरी महासचिव पदमा नवीन सारु (डोलबहादुर थापा), कोषाध्यक्षमा स्वाती घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश (राम) श्रेष्ठ निर्वाचित भएका छन् ।

images
images

यसैगरी सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक मर्हजन, संजीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मि पन्त, कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयूस बहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युतबहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै नव निर्वाचित कार्यसमितिले किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र डा सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुनिलभक्त श्रेष्ठले भियतनामसँगको व्यापारिक सम्बन्ध विस्तारमा चेम्बरले थप सक्रिय भूमिका खेल्ने बताए । उनले भने, ‘दुवै देशबीचको व्यापार क्षमता ठूलो छ। अबको कार्यकालमा हामी व्यापार प्रवद्र्धन, लगानी आकर्षण तथा व्यवसायीहरूलाई जोड्ने ‘प्लेटफर्र्म’लाई अझ सशक्त बनाउँदै लैजानेछौँ।’ उपाध्यक्ष उर्मिला श्रेष्ठले नेपाल–भियतनाम बीचमा संयुक्त लगानीका सम्भावित क्षेत्र पहिचान ,व्यापार प्रवद्र्धन, लगानी आकर्षण तथा व्यवसायीका अनुभव एकआपसमा सटासाट गर्न सस्थाले योगदान गर्ने जानकारी दिइन् ।

यसअघि साधारण सभामा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ नेपाल–भियतनाम व्यापारिक सम्बन्धलाई अझ उचाइमा पु¥याउन चेम्बरको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘भियतनामी बजारमा नेपाली उत्पादनको सम्भावना बढिरहेको छ। चेम्बरको सक्रियताले नेपाली निर्यात क्षमता अझ विस्तार गर्न सक्छ ।’

साथै, महावाणिज्यदूत श्रेष्ठले दुई मुलुकबीच सहकार्य बढाउन आवश्यक रहेको बताउँदै कृषि, पर्यटन, व्यापार तथा सूचना प्रविधि क्षेत्रमा लगानी विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गरे । उनले नेपाल–भियतनामबीच प्रत्यक्ष हवाई उडान सञ्चालन हुनु आवश्यक रहेकामा पनि जोड दिए ।

सभामा अध्यक्ष दीपककुमार मल्होत्राले नेपाल–भियतनाम व्यापार विस्तारका लागि चेम्बरले विगतमा गरेको पहल तथा गतिविधिबारे प्रकाश पारे । मल्होत्राले हाल देशमा व्यवसायी तथा उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको भन्दै दुःख व्यक्त गरे । ‘नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना छ । निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ।’

सभामा महासचिव गोपालदास मानन्धरले २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरे । त्यस्तै, कोषाध्यक्ष कविकुमार टिबरेवालाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था वित्तीय रूपमा सुदृढ बन्दै गएको जानकारी दिए ।

कार्यक्रममा भियतनामसम्बन्धी व्यापार–व्यवसायमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई व्यापारतर्फको ‘अवार्ड’ प्रदान गरिएको थियो। सम्मानित हुनेमा आयातकर्ता श्याम मारवाडी, नेपाल–भियतनाम संयुक्त लगानी कम्पनी ‘फो ९९’ का प्रबन्ध निर्देशक थी किम क्वोङ वो (बाओ) प्रकाशन, समर्थन र संस्थाको सुदृढीकरणमा योगदान पु¥याएका आधारमा उर्मिला श्रेष्ठ रहेकी छन् । साथै, चेम्बरका आजीवन सदस्यता प्राप्त व्यक्तिलाई अध्यक्ष मल्होत्राले प्रमाणपत्र प्रदान गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्