निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गरेकी छन् ।
गर्नुभएको छ । सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक
प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक निर्माणमा सबैको सहयोग आवश्यक भएकाले निर्वाचनमा सहभागी हुन आग्रह गरे।
वर्तमान सरकारसँग विभिन्न पक्षका धेरै अपेक्षा भए पनि आफूहरु जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उनले बताए। सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढङ्गले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरे।
प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको थियो ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्