Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक साफा अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (SAFA) अवार्ड २०२४” अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको छ। यससँगै बैंकले लगातार दोस्रो पटक यो प्रतिष्ठित सम्मान जित्न सफल भएको हो।

विज्ञापन
Advertisement
Advertisement

साफाले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनको आधारमा बैंकलाई वित्तीय पारदर्शिता, जवाफदेहिता र सुदृढ सुशासनका लागि सम्मान गरेको हो। बैंकले आफ्नो १८औँ वार्षिक साधारणसभाका लागि तयार पारेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरूलाई स्पष्ट, व्यवस्थित र उत्कृष्ट ढंगले सूचना प्रस्तुत गरेको मूल्याङ्कन गरिएको छ।

पाकिस्तानको इस्लामाबादमा आयोजित विशेष समारोहमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो।

यसअगाडि पनि बैंकको सोही वित्तीय प्रतिवेदनले चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२४” अन्तर्गत वित्तीय सेवा क्षेत्रमा गोल्ड अवार्ड समेत हासिल गरिसकेको छ।

साफा इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार संस्था हो, जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानसहित दक्षिण एसियाका ११ देशका चार्टर्ड एकाउन्टेन्ट निकायहरु आबद्ध छन्। यसले प्रत्येक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित उत्कृष्ट वित्तीय प्रतिवेदनहरुको मूल्याङ्कन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit