Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मौद्रिक नीतिको समीक्षा कुर्दै नेप्से, पर्ख र हेरमा लगानीकर्ता

मौद्रिक नीतिको समीक्षा कुर्दै नेप्से, पर्ख र हेरमा लगानीकर्ता
विज्ञापन
Advertisement

 काठमाडाैं । सातको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा तिब्र उत्तारचढाबका बीच बजार दोहोरो अंकले घट्न पुगेको छ । यो दिन नेप्से परिसूचक २६.५१ अंकले घटेर २ हजार ६४९.५२ विन्दुमा आइपुगेको छ । नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३४२ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, जोशी हाइड्रो पावर कम्पनी र ग्रीन भेन्चर लिमिटेडको २१ करोड ३५ लाख रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन सागर डिस्टिलरी,निफ्रा ग्रिन इनर्जी ऋणपत्रको ६प्रतिशत शेयर १० प्रतिशतले सर्किट लागेको छ। १० प्रतिशत एनआईएमबीको ऋणपत्र, जोशी हाइड्रो डेभलपमेन्ट, हिमाल दोलखा हाइड्रो पावरको शेयर मूल्य ५.५९ प्रतिशतदेखि ८.९९ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले यही साता पहिलो मौद्रिक नीतिको समीक्षा ल्याउँदै छ । आगामी दिनमा अर्थतन्त्रलाई थप चलायमान गराउनेगरी मौद्रिक नीतिको समीक्षा ल्याउनुपर्ने दबाबमा राष्ट्र बैंक रहेको छ । जनेजी आन्दोलन पछि मौद्रिक नीतिको समीक्षा आउनेहुँदा पनि लगानीकर्ताहरु त्यसको पर्खाईमा रहेको बुझ्न सकिन्छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit