Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएर १ करोड पुर्याइने, लघुवित्तको धितो कर्जा पनि दोब्बर

व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाएर १ करोड पुर्याइने, लघुवित्तको धितो कर्जा पनि दोब्बर
विज्ञापन
Advertisement

काठमाडौं । केन्द्रीय बैंकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमालाई बढाएको छ । सोमबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमालाई ५० लाख रुपैयाँले बढाएर एक करोड रुपैयाँ पुर्याउने जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

हाल व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाख रुपैयाँसम्म रहेको छ । त्यसलाई बढाएर १ करोड रुपैयाँ पुर्याउने मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेख छ ।

यस्तै, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि बढाएको छ । हाल ७ लाख रुपैयाँसम्म रहेको यस्तो सीमा वृद्धि गरी १५ लाख रुपैयाँ पुर्‍याउने भएको हो । ‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिनेछ’मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

यसैगरी, लघुवित्तबाट ऋण पाएका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था गर्ने घोषणा पनि मौद्रिक नीति समीक्षाले गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit