images images images
images images images
images
images
images

‘जेनजी शहीद दिवस’ भदौ २३ गते मनाउने सरकारको निर्णय

images

काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ को रूपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् ।

प्रवक्ता खरेलकाअनुसार सरकारले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्मानमा प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी शहीद’ दिवस मनाउन लागेको हो ।

images
images

‘२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका व्यक्तिका परिवार (आमा, बुवा, श्रीमान/श्रीमती, अविवाहित छोरा र अविवाहित छोरी) लाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने र प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसको रूपमा मनाउने निर्णय भएको छ,’ प्रवक्ता खरेलले भने।

गत भदौ २३ र २४ गते सामाजिक सञ्जाल प्रतिबन्ध, भष्ट्राचारविरुद्ध सुशासनको माग राख्दै भएको प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सरकारले पहिलो चरणमा गृह मन्त्रालय, सम्बन्धित सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको अध्ययनपछि ४५ जनालाई शहीद घोषणा गरेको थियो । बाँकीको हकमा थप अध्ययन गरेर अघि बढ्ने सरकारले जनाएको थियो ।

 

images
images

प्रतिक्रिया दिनुहोस्