Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

डेड वर्षदेखि रोकिएको आईपीओ निष्कासन प्रकृया अघि बढाउन रिलायन्सलाई अनुमति, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

डेड वर्षदेखि रोकिएको आईपीओ निष्कासन प्रकृया अघि बढाउन रिलायन्सलाई अनुमति, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशलाई कार्यान्वयन गर्दै डेड वर्षपछि आईपीओ निष्कासनको अनुमति दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

रिलायन्सले मंगलबार निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई तोकेको छ ।

स्वीकृतिसँगै अब रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ। रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०.८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनिसकेका छन् । नेपाल धितोपत्र बोर्डले २०८० पुसमै रिलायन्सलाई बुक बिल्डिङ पद्दतिबाट आईपीओ निष्कासन गर्नको लागि अनुमति दिएको थियो ।

२०५४ मा स्थापित रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपको अभिन्न अंग हो । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१र८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो ।

वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०८०र८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit