Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो । यस दिन यसदिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यद्यपि, बजारको कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको ४ अर्ब ४८ करोड रुपैयाँको तुलनामा यस दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन ३३२ स्टकको ६७ हजार ४८५ पटक कारोबार भएको थियो ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजका शेयरहरू सकारात्मक सर्किटमा पुगेका हुन् । त्यस्तै, ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ७ प्रतिशत बढेको छ भने बुङ्गल हाइड्रोको शेयरमूल्य पनि करिब ६.५ प्रतिशतले वृद्धि भएको छ ।
यस दिनको कारोबारमा धेरै स्टकहरूको मूल्य गिरावट भने ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सबैभन्दा बढी किनबेच भएको छ, जसको कुल कारोबार रकम १८ करोड ४९ लाख ७६ हजार रुपैयाँ रहेको छ। हिमालयन रि इन्स्योरेन्सको १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहमाको परिसूचकमा वृद्धि भएको छ भने ९ उपसमूहमाको परिसूचक घटेको छ । वित्त उपसमूहमाको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहका परिसूचक पनि सामान्य रुपमा बढेका छन् ।
विपरीत, जीवन बीमा उपसमूहमाको परिसूचक १.१८ प्रतिशत घटेको छ । यस दिनको बजार नतिजाले आगामी दिनको कारोबारका लागि बजारको उतारचढावमा के कस्तो असर पार्ने देख्न सकिन्छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit