Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

हरित विकासका लागि सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

हरित विकासका लागि सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण
विज्ञापन
Advertisement

सर्लाही । विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्लाहीमा वृक्षारोपण गरेको छ । वातावरण संरक्षण र दीर्घकालीन सामुदायिक कल्याणलाई लक्षित गर्दै कम्पनीले पहिलो चरणमा आज चन्द्रनगर गाउँपालिका–२ स्थित श्री दुर्गा खोंभारी जनता माध्यमिक विद्यालयमा १,७५० मोरिङ्गा (संजिवनी) का बिरुवा रोपेको हो । यसका लागि कम्पनीले लुम्बिनी वर्ल्ड पीस फोरम र चन्द्रनगर गाउँपालिका सँग सहकार्य गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल , प्रमुख बजार अधिकृत गणेश चौलागाईं, मधेश प्रदेश प्रमुख नबराज चौधरी, वृक्षारोपण अभियानका अभियन्ता बासु गौतम र गाउपालिकाका अध्यक्ष राज कुमार महतोले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे। उक्त कार्यक्रममा कम्पनीको मधेश प्रदेश अनतर्गतका विभिन्न शाखाका शाखा प्रमुख तथा अभिकर्ताहरुको उपस्थिति पनि रहेको थियो।  त्यस्तै सो कार्यक्रममा , स्थानीय सामुदायिक अगुवाहरू, विद्यालय प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको कम्पनीले जनाएको छ।

वक्ताहरूले मोरिङ्गा बिरुवाको उच्च औषधीय तथा पोषक मूल्यको चर्चा गर्दै वातावरणीय दिगोपनमा सामुदायिक साझेदारी अनिवार्य रहेको उल्लेख गरे। उनले आगामी दिनमा चन्द्रनगर गाउँपालिकाका अन्य वडाहरूमा पनि क्रमबद्ध रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

देशभरी १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सुविधा दिँदै आइरहेको कम्पनीले सामाजिक उत्तरदायित्व, वातावरणीय संरक्षण र दीर्घकालीन सुरक्षा संस्कृति प्रवर्द्धनलाई संस्थागत प्राथमिकतामा राख्दै देशभर यस्ता गतिविधिहरूलाई विस्तार गर्दै आएको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit