Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

पोखरा विमानस्थलमा भ्रष्टाचार: आठ अर्ब बढी बिगो दाबी गर्दै पाँच पूर्वमन्त्रीसहित १० जना सचिव विरुद्ध मुद्दा लिएर अदालत पुग्यो अख्तियार टोली

पोखरा विमानस्थलमा भ्रष्टाचार: आठ अर्ब बढी बिगो दाबी गर्दै पाँच पूर्वमन्त्रीसहित १० जना सचिव विरुद्ध मुद्दा लिएर अदालत पुग्यो अख्तियार टोली
विज्ञापन
Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

अख्तियारले नागरिक उडड्यन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन पाँच जना मन्त्रीहरुसहित १० जना तत्कालीन सचिवहरूलाई पनि विपक्षी बनाएर मुद्दा दायर गर्न अख्तियारको टोली विशेष अदालतमा पुगेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ। यी दुवै जना नलिन्चोक हेलिपोर्ट निर्माणका क्रममा भएको आर्थिका अनियमितताका पनि प्रतिवादी हुन् । तत्कालीन मन्त्रीहरूमा भीम आचार्य, दिपक अमात्य, रामकुमार श्रेष्ठ, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ। तर, बोगटीको मृत्यु भैसकेकाले उनको पत्निलाई अख्तियारले विपक्षी बनाएको छ ।

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारले कूल ५५ जनालाई विपक्षी बनाएको उल्लेख छ । यस मुद्दामा अख्तियारले आठ अर्ब रुपैयाँ बढी बिगो दाबी गरि मुद्दा दर्ता गर्न लागेको हो ।

पोखरा विमानस्थल निर्माणका लागि एक्जिम बैंकको २२ अर्ब रूपैयाँ र २ प्रतिशत ब्याज तिर्नुपर्ने गरी २ अर्ब अनुदान रकम गरी २४ अर्ब रुपैयाँ लागतमा निर्माण लागत देखाइएको थियो । विमानस्थलको लागत अनुमान अस्वाभाविक रूपमा वृद्धि गरेर दोब्बर बनाएको निर्माणका लागि ठेक्का प्रक्रियामै चलखेल गरेको लगायत विषयमा अख्तियारमा उजुरी परेपछि २०८० कात्तिक २० गते अख्तियारका अधिकारीले विमानस्थल निर्माणको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अध्ययन थालेको थियो ।

 

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit