Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बैंक र क्यूरा हेल्थ प्रा. लि. बिच सम्झौता, विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट

नेपाल बैंक र क्यूरा हेल्थ प्रा. लि. बिच सम्झौता, विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रा. लि. ले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने भएको छ। आइतबार बैंक र हेल्थ प्रालीबीच भएको यस्तो सहकार्यका लागि सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा को लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १२ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था सम्झौता भएको छ ।

सम्झौता पत्रमा बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रा. लि को तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर भएको हो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू क्यूरा हेल्थ प्रा. लि.को ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्ने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit