Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुन तोलाको एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो

सुन तोलाको एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९०० रुपैयाँ मूल्य कायम भएको छ। अघिल्लो कारोबार दिन त्यति नै परिमाणको सुन २ लाख ५२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यस्तै, आइतबार भने सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ मूल्यमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। सोमबार ३ हजार ५८५ रुपैयाँ कायम रहेको चाँदी आजको लागि ३६ सय रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २० रुपैयाँले घटेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit