Advertisement
Advertisement
Corporate Samachar
१२ कार्तिक २०८३, बुधबार
Advertisement
Advertisement

अब गृहजिल्ला नगई काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सकिने

अब गृहजिल्ला नगई काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सकिने
फाइल तस्बिर
विज्ञापन
Advertisement

काठमाडौं । तपाईंको नागरिकता हराएको छ, च्यातिएको छ वा आगलागी तथा पानीले बिग्रिएर प्रयोग गर्न नमिल्ने भएको छ ? त्यसो हो भने नागरिकताको प्रतिलिपि बनाउन गृहजिल्ला जानुपर्ने बाध्यता अब हटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा बसोबास गर्ने नागरिकले पनि आफू बसेकै ठाउँबाट सेवा लिन सक्ने भएका छन्। नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । गृह मन्त्रालयको परिपत्रअनुसार काठमाडौं उपत्यकामा तीन जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार नागरिकता लिने व्यवस्था मिलाइएको छ।

कहाँबाट लिने नागरिकताको प्रतिलिपि ?

जिल्ला प्रशासन कार्यालय, काठमाडौं वा त्यसअन्तर्गतबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेश अन्र्तगत जिल्लाका नागरिकले सेवा लिन सक्नेछन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालय, ललितपुर वा त्यसअन्तर्गतबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले यो सेवा पाउनेछन्। जिल्ला प्रशासन कार्यालय, भक्तपुर वा त्यसअन्तर्गतबाट भने कोशी र मधेश प्रदेशका नागरिकले नागरिकताको प्रतिलिजि निकाल्न सक्नेछन् ।

तर, प्रतिलिपि जारी गर्न नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग हुबहु मिल्नुपर्नेछ। नत्र प्रतिलिपि निकाल्न पाइने छैन । अभिलेख नमिलेमा, नाम, थर वा जन्ममितिलगायतका विवरण सच्याउनुपर्ने भएमा वा नागरिकता शंकास्पद देखिएमा भने सम्बन्धित व्यक्तिले पहिला नागरिकता जारी भएको जिल्लामै पुगेर सम्पर्क गर्नुपर्ने गृहको परिपत्रमा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit