images images images
images images images
images
images
images

१२ वाणिज्य बैंकको गरे लाभांश प्रस्ताव, कुन बैंकको कति ?

images

काठमाडाैं । अघिल्लो वर्षको मुनाफाबाट १२ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन् । यसवर्ष नविल बैंक, नेपाल एसविआई बैंक, एनएमबी बैंक,लक्ष्मी सनराईज बैंकले लाभांश प्रस्ताव गरेका छन् ।

कृषि विकास बैंक, स्टाण्डर्ड चार्टर बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक,सिटिजन इन्टरनेशनल बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको मुनाफाबाट शेयर धनिहरुलाई लाभांश दिई साधारण सभाबाट समेत पारित गरिसकेका छन् । अघिल्लो वर्षको बैंकहरुले पर्याप्त नाफा आर्जन गर्न नसक्दा र खराब कर्जा बढ्दा शेयर धनिहरुलाई दिने लाभांश घटाएका छन्।

images
images

नबिल बैंक
अघिल्लो वर्ष २०८१-०८२ को मुनाफाबाट बैंकले यो वर्ष बोनस शेयर नभई नगद लाभांश मात्र दिएको छ। बैंकले पछिल्लो तीन वर्ष यता लगानीकर्ताहरुलाई नगद लाभांशमै सिमित राखेको छ । आ.व ०७८÷०७९ मा १८ प्रतिशत बोनस दिएपछि यता बोनस पाउनबाट बन्चित छन् ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई चार प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले उक्त बैंकले हालसम्म लगानीकर्ताहरुको हात खालि राखेको छैन। अघिल्लो वर्ष पनि ३.८ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको थियो ।

एनएमबी बैंक
बैंकले अघिल्लो वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको छ । अघिल्लो वर्ष बोनस नदिएको बैंकले ८.२५ नगद लाभांश दिएको छ ।

लक्ष्मी सनराईज बैंक
लक्ष्मी सनराईज बैंकले अघिल्लो वर्षको मुनाफाबाट १० प्रतिशत बोनस दिएको छ । करसहित ०.५३ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष ५ प्रतिशत बोनस र नगद लाभांश समेत दिएको थियो ।

कृषि विकास बैंक
कृषि विकास बैंकले अघिल्लो वर्षको मुनाफाबाट ३.२५ प्रतिशत र ९.७५ प्रतिशत नगद लाभांश दिएको छ । आ.व २०८०-०८१ मा ३ प्रतिशत बोनस र ७.५३ प्रतिशतले लाभांश दिएका थिए।

स्टाण्डर्ड चार्टर बैंक
स्टाण्डर्ड चार्टर बैंकले यो वर्ष लगानीकर्ताको हात खालि राखेको छ । बैंकले १९ प्रतिशत नगद लाभांश मात्र दिएर बोनस शेयर नदिएको हो । अघिल्लो वर्ष २०८०÷०८१ बैंकले लगानीकर्तालाई ६.५ प्रतिशत बोनस र २५ प्रतिशत लाभांश नगद लाभांश दिएका छन् ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत मात्र नगद लाभांश दिएको छ । बोनस शेयर नदिएर लगानीकर्ताको हात खालिरहेको छ। अघिल्लो वर्ष २०८०÷०८१ ५ प्रतिशत बोनस दिएको थियो । बैंकले पछिल्लो यता लगानीकर्ताको हात खाली राखेको थिएन ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले अघिल्लो वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर ५ नगद लाभांश दिएको छ । बैंकले अघिल्लो लगानीकर्ताको हात खाली राखेको थियो ।

सिटीजन बैंक
सिटीजन बैंकले अघिल्लो वर्षको मुनाफाबाट बैंकले लगानीकर्तालाई पाँच प्रतिशत बोनस शेयर ०.२६ प्रतिशत नगद लाभांश दिएको छ। अघिल्लो वर्षको ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत बोनस शेयर दिएको थियो ।

सानिमा बैंक
सानिमा बैंकले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्तालाई खाली हात राखेको छ । बैंकले अघिल्लो वर्षको मुनाफाबाट ७.३६ प्रतिशत मात्र नगद लाभांश दिएको छ । आव२०८०÷०८१ मा बैंकले नगद लाभांश मात्र दिएको थियो ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले यसवर्ष लगानीकर्तालाई ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै अघिल्लो आव २०८०-९१ वर्षको मुनाफाबाट बैंकले १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले हालसम्म पनि लगानीकर्तालाई हात खाली राखेको छैन ।

माछापुच्छ्रे  बैंक
माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको मुनाफाबाट४ प्रतिशत बोनस शेयर ४ प्रतिशत नगद लाभांश दिएको छ । अघिल्लो वर्ष १३ प्रतिशत बोनस शेयर दिएको बैंकले यो वर्ष बोनस घटाएको हो ।

बैंकमा आएको नाफाको संकुचन र बढ्दो तरलता र आर्थिक र राजनीतिक अस्थिरताले बैंकले सोचे अनुसारको लगानीगर्न नसक्दा लाभांश बाड्न नसकेको बैंकहरुको दाबी छ ।

नबिल बैंकले बोनस शेयर नगद मात्र लाभांश प्रस्तव गरेका छन्। त्यस्तै, नेपाल एसविआई बैंक ४ प्रतिशत, नगद लाभांश ५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । त्यस्तै लक्ष्मी सनराईज बैंकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्