Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

८ वटा विकास बैंकले लाभांश बाँड्दा , मुक्तिनाथ विकास बैंक बन्यो अब्बल

८ वटा विकास बैंकले लाभांश बाँड्दा , मुक्तिनाथ विकास बैंक बन्यो अब्बल
विज्ञापन
Advertisement

 काठमाडाैं । अघिल्लो वर्षको मुनाफाबाट ८ वटा विकास बैंकले लगानीकर्ताहरुलाई लाभांश दिएको छ। हालसम्म लाभांश प्रस्ताव गर्नेमा ग्रिन डेभलपमेन्ट बैंक, साग्रिंला डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैं र कामना सेवा विकास बैंकले हालसम्म लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

हालसम्म लाभांश प्रस्ताव गर्ने बैंक मध्ये सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंक सबैभन्दा अब्बल देखिएको छ । उक्त बैंकले अघिल्लो वर्षको मुनाफाबाट १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश ( करसहित) दिएको छ ।

ग्रीन डेभलपमेन्ट बैंक
अघिल्लो वर्षको मुनाफाबाट ग्रिन डेभलपमेन्ट विकास बैंकले ८ प्रतिशत वोनस शेयर ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुक क्लोज हुन बाँकी रहेको छ। यसभन्दा अघिल्लो पटक बैंकले लगानीकर्तालाई ५.७५ प्रतिशत नगद लाभांश ०.३० प्रतिशत रहेको दिएको थियो।

साग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला विकास बैंकले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिएको छ । करसहित नगद लाभांश ५.३५ प्रतिशत दिएको छ । यो भन्दा बैंकले लगानीकर्तालाई ३.६५ प्रतिशत बोनस र ०.१९ प्रतिशत नगद लाभांश दिएको थियो ।

साइन रेसुङगा डेभलपमेन्ट बैंक
साइ रेसुङ्गा डेभलेपमेन्ट बैंकले यस वर्ष लगानीकर्ताहरुलाई तीन प्रतिशत बोनस शेयर र करसहित १० प्रतिशत बोनस शेयर दिएको थियो । यो भन्दा अघिल्लो पटक लगानीकर्ताहरुलाई बैंकले तीन प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई ५ प्रतिशत बोनस शेउर ५.३७ प्रतिशत नगद लाभांश दिएको छ । अघिल्लो वर्ष पनि लगानीकर्ताहरुलाई बैंकले तीन प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिएको थियो ।
मितेरी विकास बैंक
मितेरी विकास बैंकले अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्ताको हात खाली राखेर नगद लाभांश मात्र दिएको छ । बैंकले करसहित १० प्रतिशत नगद लाभांश दिएको हो। अघिल्लो वर्ष बैंकले ९ प्रतिशत लाभांश दिएको थियो ।

गरिमा विकास बैंक
गरिमा विकास बैंकले अघिल्लो वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर ४.५३ प्रतिशत नगद लाभांश दिएको छ। अघिल्लो वर्ष बैंकले लगानीकर्ताहरुलाई पाँच प्रतिशत नगद लाभांशमा चित्त बुझाएको थियो ।
मुक्तिनाथ विकास बैक
मुक्तिनाथ बैंकले हालसम्म लाभांश प्रस्ताव गरेका विकास बैंकको तुलनामा सबैभन्दा अब्बल बैंक बनेको छ । अघिल्लो वर्षको मुनाफाबाट लगानीकर्तालाई १३.५३ प्रतिशत बोनस शेयर ४.६७ प्रतिशत नगद लाभांश दिएको छ भने अघिल्लो वर्ष पनि बैंकले लगानीकर्तालाई बोनस ९.७५ प्रतिशत र नगद ०.५१ प्रतिशत दिएको थियो ।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले अघिल्लो वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर ५.७८ प्रतिशत नगद लाभांश दिएको छ । अघिल्लो वर्ष पनि लगानीकर्ताहरुलाई बैंकले ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit