Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफले बोनस दर सार्वजनिक, आर्थिक चुनौतीबीच स्थिरता कायम

नेपाल लाइफले बोनस दर सार्वजनिक, आर्थिक चुनौतीबीच स्थिरता कायम
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१-८२ का लागि बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस उपलब्ध गराउने घोषणा गरेको हो। कम्पनीले गत आर्थिक वर्षको आर्थिक विश्लेषण, दायित्व मूल्यांकन र बीमांकीय प्रतिवेदनका आधारमा नयाँ बोनस दर निर्धारण गरेको जनाएको छ। मुनाफामा सहभागी हुने गरी जारी गरिएका सबै प्रकारका जीवन बीमालेखमा नयाँ बोनस दर लागू हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

वर्तमान विषम आर्थिक परिस्थितिमा पनि बोनस दरलाई स्थिर राख्न सफल भएको नेपाल लाइफले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले चुनौतीपूर्ण समयमै पनि बोनस दर स्थिर राख्न कम्पनीले अपनाएको रणनीतिक निर्णय र सक्षम व्यवस्थापनले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले कम्पनीमा विश्वास गर्ने बीमितहरू, अभिकर्ता, कर्मचारी, सञ्चालक समिति, शेयरधनी तथा नियामक निकायप्रति धन्यवाद व्यक्त गरे।

नेपाल लाइफले विभिन्न योजनाअन्तर्गत बीमा अवधिका आधारमा छुट्टाछुट्टै बोनस दर तोकेको छ। सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, जीवन उदयलगायत सावधिक जीवन बीमालेखमा देखि २० वर्ष अवधिसम्म प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिमा प्रतिहजार ७० रुपैयाँ र २६ वर्षदेखि माथिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम गरिएको छ। नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमामा ० देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ र २६ वर्षदेखि माथिका लागि ८२ रुपैयाँ निर्धारण गरिएको छ।

जीवन समुन्नति योजनामा ० देखि २० वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ६० रुपैयाँ र त्यसपछि प्रतिहजार ७० रुपैयाँ तोकिएको छ। सुनौलो भविष्य जीवन बीमा योजनाको दुवै विकल्पमा ० देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, २० देखि २५ वर्षका लागि ६२ रुपैयाँ र २६ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनस प्रदान गरिनेछ। एकल बीमाशुल्क योजनामा बोनस दर ५५ रुपैयाँदेखि ६० रुपैयाँको दायरा भित्र निर्धारण गरिएको छ।

सावधिक तथा आजीवन जीवन बीमालेख ९जीवन साहारा, अनमोल जीवन० मा ० देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ र २६ वर्षदेखि माथिका लागि ८२ रुपैयाँ तोकिएको छ। अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाहरूजस्तै धन वर्षा, जीवन उन्नति, छोराछोरी र सदाबहार जीवनमा सबै अवधिका लागि बोनस दर प्रतिहजार ५६ रुपैयाँ कायम गरिएको छ। जीवन सारथी योजनामा ० देखि २० वर्ष अवधिसम्म प्रतिहजार ६२ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ र २६ वर्षदेखि माथिका लागि प्रतिहजार ८५ रुपैयाँ बोनस तोकिएको छ।

नेपाल लाइफले बोनस दरमा देखाएको स्थिरता बीमितप्रति कम्पनीको दिगो प्रतिबद्धता र दीर्घकालीन वित्तीय क्षमताको सूचक भएको बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit