Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

१० अर्ब रुपैयाँको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे अर्थमन्त्री खनाल र अध्यक्ष श्रेष्ठबीच छलफल

१० अर्ब रुपैयाँको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे अर्थमन्त्री खनाल र अध्यक्ष श्रेष्ठबीच छलफल
विज्ञापन
Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनालसँग एनआरएन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनका विषयमा छलफल गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सिंहदबारमा संस्थापक र पूर्वअध्यक्षसहित पुगेको श्रेष्ठ नेतृत्वको टोलीले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे बिहीबार अर्थमन्त्री खनालको ध्यानकर्षण गराएका हुन् ।

जवाफमा अर्थमन्त्री खनालले एनआरएनएले उठाएका सबै विषयहरू समाधानका लागि वर्तमान सरकार सकारात्मक भएको बताए । छलफलमा मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फन्ड सञ्चालनमा रहेका अवरोध हटाउने प्रतिवद्धता जनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले विश्वभर रहेका नेपालीहरू नेपालमा लगानी गर्न अत्यन्त उत्सुक रहेको बताउँदै आईपीओमा ८५ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरे। उनले भने ‘आगामी दिनमा प्रवासी समुदाय नेपाल डेभलपमेन्ट फन्डमार्फत देशको आर्थिक र विकास योजनामा अझ प्रभावकारी रूपमा सहयोग गर्न हामी तयार छौं ।’ सो अवसरमा संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले फन्ड संचालनका लागि आवश्यक नियमावली तत्काल परिमार्जन गर्न अनुरोध गरे । यस्तै पूर्व अध्यक्ष कुमार पन्तले लम्बिँदै आएको प्रक्रिया सहज बनाउन नीतिगत ‘ब्रेकथ्रु’ गरिदिन आग्रह गरे ।

प्रतिनिधि मण्डलमा अध्यक्ष श्रेष्ठसहित संस्थापक अध्यक्ष महतो, पूर्व अध्यक्षद्वय पन्त र बिनोद कुवर, क्यानाडाका अध्यक्ष ध्रुव भट्टराई, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईलगायत सहभागी थिए । नेपाल सरकारसँग सहकार्य गर्दै गैरआवासीय नेपाली संघले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको कोष स्थापना गर्न लागेको छ। उक्त एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit