काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
सिंहदरवार स्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री चौलागाईंले सरकारले ‘जेनजी आन्दोलन’ लाई संस्थागत गरिसकेको उल्लेख गर्दै कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए ।

उनले उक्त राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान उल्लेख गरे ।
मन्त्री चौलागाईंले भने, ‘कर्णालीको स्प्रिडलाई देशको विकासमा कसरी रूपान्तरण गर्ने भन्नेमा हामीले गम्भीर रूपमा सोच्नुपर्छ । जेनजीहरुको परिवर्तनमा ठूलो भूमिका छ। आन्दोलनको अग्रपङ्ति र घाइतेमा पनि कर्णालीका जेनजीहरु बढी छन् । कर्णाली उठ्यो भने देश पनि उठ्छ ।’
उनले प्रदेशस्तरका चुनौती समाधान र राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्