Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

पदभार ग्रहण गर्दै नवनियुक्त श्रममन्त्रीले भने–भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु

पदभार ग्रहण गर्दै नवनियुक्त श्रममन्त्रीले भने–भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु
विज्ञापन
Advertisement

काठमाडौं। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदवहाली गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

पदभारपछि उनले जेनजी आन्दोलनमा सहभागी संगठित गिरोहहरुलाई कठोर कारवाही गर्नुपर्नेमा जोड दिए । आफूसँग सुरक्षा क्षेत्रको अनुभव भएका कारणले पनि गिरोहको जालो तोड्न सकिने उनको विश्वास छ ।

त्यस्तै उनले भाषण गर्ने भन्दापनि एक्सनमा उत्रिने बताए । उनले भने,‘जतिपनि संगठित गिरोहहरु छन् । तिनीहरुलाई कठोर कारवाही गर्नुपर्छ । यो जालो तोड्नैपर्छ । त्यसमा मेरो अनुभवले काम गर्छ भन्नेमा विश्वास छ। लामो भाषण गरेर भन्दापनि एक्सनमा काम गरेर जनतालाई सुशासनको अनुभूति गराउनुपर्ने छ ।’

उनले आन्दोलनमा जेनजीहरुको पीडा जस्तै प्रहरीहरुको पनि भएको कारण सुरक्षा क्षेत्रको आवाजलाई मन्त्रालयमा लैजान आफू चुनिएको बताए । ‘आन्दोलनमा जुन खालको जेनजीहरुको पीडा छ, उत्तिकै प्रहरीहरुको पनि छ । दुईवटै क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यसैले सुरक्षा क्षेत्रको आवाजलाई पनि मन्त्रालयमा कसरी लैजान सकिन्छ भनेर भनेर मलाई छनोट गरिएको हुनसक्छ ।’

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनी शुक्रबार मन्त्री नियुक्त भएका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit