Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

राष्ट्रपतिद्वारा राजनीतिक स्थिरता र आर्थिक विकासलाई प्राथमिकता दिन आग्रह

राष्ट्रपतिद्वारा राजनीतिक स्थिरता र आर्थिक विकासलाई प्राथमिकता दिन आग्रह
विज्ञापन
Advertisement

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक द्वन्द्व, कलह र अनिर्णयको अवस्थाले देशलाई पछि पारेको उल्लेख गर्दै अबको समय आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रजातन्त्र सेनानी संघका पदाधिकारीसँग शुक्रबार शीतल निवासमा भेटवार्ता गर्दै राष्ट्रपति पौडेलले राजनीतिक स्थिरता, सुशासन र आर्थिक प्रगतिलाई संस्थागत गर्ने दायित्त्व सबैको भएको बताए।

उनका अनुसार सुशासनका माध्यमबाट मुलुकले तीव्र विकास गर्न सक्ने भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन आजको दिनमा व्यापक सहमति र एकताको आवश्यकता रहेको छ।

राष्ट्रपतिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रजातन्त्र सेनानीहरूको योगदान अमूल्य रहेको उल्लेख गर्दै उनीहरूको बलिदानले नै आजको प्रजातान्त्रिक संरचना सम्भव भएको बताए।

पौडेलले हालका राजनीतिक परिवर्तनपछि जनतामा देखिएको निराशा र विकासप्रतिको अपेक्षालाई सम्बोधन गर्न राजनीतिक नेतृत्वले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपतिले भने, ‘राजनीतिक स्थिरता र आर्थिक विकाससँगै सामाजिक न्याय सुनिश्चित गर्दै मुलुकलाई समृद्धतर्फ लैजान सबै मिलेर अगाडि बढ्नु आवश्यक छ।’

उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र स्थापना र संरक्षणका लागि सरकार र राजनीतिक दलहरू सधैं उत्तरदायी रहनुपर्ने बताए।

शीतल निवासमा भएको भेटमा प्रजातन्त्र सेनानी संघका पदाधिकारीहरूले सेनानीहरूको योगदानको सम्मानका लागि बनाइएका विधेयक, सुविधा र संरचनाहरू कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

राष्ट्रपतिले उनीहरूको सुझावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै प्रजातन्त्रकाे संरक्षण र गणतन्त्रलाई मजबुत बनाउनु राज्यको दायित्व भएको स्पष्ट पारे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit