Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नवौं वार्षिकोत्सव पारेर प्रभु महालक्ष्मी लाइफद्वारा ‘ई–पोलिसी लोन’ को सुरुवात

नवौं वार्षिकोत्सव पारेर प्रभु महालक्ष्मी लाइफद्वारा ‘ई–पोलिसी लोन’ को सुरुवात
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्थापनाको नवौं वर्ष प्रवेशको अवसर पारेर डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन पाइने सेवा ‘ई–पोलिसी लोन’ को सुरुवात गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

इन्स्योरेन्स यही मंसिर २८ गतेबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवका अवसरमा कम्पनीका सञ्चालकहरु विरेन्द्र जंग पाण्डे, सम्झना अर्याल, सुसन शेरचन, शम्सेर पराजुली र भावना बलायर, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा कम्पनीका ब्रान्ड एम्बेसेडर मनोज गजुरेलले संयुक्त रुपमा ‘ई–पोलिसी लोन’ को शुभारम्भ गरेका हुन्।

्रमुख कार्यकारी अधिकृत प्रसाईले ‘ई–पोलिसी लोन’ ‘डिजिटल रुपान्तरणको पाइला’का रुपमा कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधि अपनाएर अगाडि बढाएको बताए । उनले जुनसुकै स्थानबाट सहज सेवा प्रवाह गर्न ‘ई–पोलिसी लोन’ ल्याइएको स्पष्ट पारे । ‘ई–पोलिसी लोन’ सेवा लिनका लागि बीमालेख कम्तीमा ३ वर्ष पूरा भएर ३ वर्षको बीमाशुल्क तिरेको र बीमालेख चालु रहेको हुनुपर्नेछ भने केवाईसी तथा बैंक अकाउन्ट अद्यावधिक भएको हुनुपर्नेछ ।

‘ई–पोलिसी लोन’ सेवा प्रभु महालक्ष्मी लाइफको वेबसाइट तथा एप दुवैमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । साथै एआई च्याटबट, डायनामिक क्यूआर, लग इन पोर्टल पनि सुरु गरिएको कम्पनीले उल्लेख गरेको छ ।

वार्षिकोत्सवकै अवसर पारेर प्रभु महालक्ष्मी ले आइतबार तिखेदेवलमा निःशुल्क मुटुरोग जाँच शिविर सञ्चालन गरेको छ । शिविरबाट ५०० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १४ को कार्यालय परिसरमा सञ्चालित शिविरमा ओम अस्पतालका विशेषज्ञ डा. दिवाकर पराजुली नेतृत्वको १० सदस्यीय चिकित्सक टोलीले सेवाग्राहीको मुटुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सहभागीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको प्रभु महालक्ष्मी लाइफले जानकारी दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit