काठमाडौं । देशमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनामा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। जुन गत वर्षको तुलनामा ३१.४ प्रतिशतले बढी हो ।
केन्द्रीय बैंकका अनुसार कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह वृद्धिदर ८.२ प्रतिशतमा कायम थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९७३ जना रहेका छन् । यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ जना रहेको उल्लेख छ । गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ४७८ जना र ९४ हजार १०५ जना मात्रै थियो । तुलनात्मक रुपमा चालु आवको चार महिनामा नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिने दुवैमा केही गिरावट देखिएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्