Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

राष्ट्र बैंकको नयाँ प्रावधानले शेयर बजारलाई राहत,पुन २६ कै विन्दुमा फर्कियो नेप्से

राष्ट्र बैंकको नयाँ प्रावधानले शेयर बजारलाई राहत,पुन २६ कै विन्दुमा फर्कियो नेप्से
विज्ञापन
Advertisement

काठमाडाैं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा सकारात्म प्रभाव देखापरेको छ । आज राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्थाहरु सम्बन्धी विभिन्न संशोधन र परिमार्जन सम्बन्धी व्यवस्थाले शेयर बजारमा सकारात्मक बनाएको लगानीकर्ताहरुको विश्लेषण छ ।

विज्ञापन
Advertisement
Advertisement

विशेषगरी बैंकले पछिल्लो ऋणीहरुलाई कालो सूचीमा राख्नु पर्ने, नपर्ने, संस्थापक शेयरको हकमा दुई प्रतिशतभन्दा कम शेयरमा बैंकको स्वीकृत नचाहिने व्यवस्था लगायत विभिन्न कारणले आजको बजारलाई सकारात्मक बाटोमा लगेको हो ।कारोबार अवधिभर उत्तारचढाब आइरहेको बजारले यो दिन अन्तिम समयमा बजारले लय लिएको हो । अर्कोतर्फ बैंकहरुले पनि मंसिर महिनाका लागि व्याजदर घटाएका छन् । यसले पनि लगानीकर्तालाई राहत मिलेको छ।

यो दिन ६.७४ अंकले बढेर २ हजार ६०१.६१ विन्दुमा आइपुगेको छ । अघिल्लो दिनको तुलनामा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा कारोबार रकम घटेको छ । लगानीकर्ताहरुले प्रोफिट बुक राखिसकेको र लगानीकर्ता केही दिन पर्ख र हेरको अवस्थामा रहेको हुँदा आजको कारोबार घट्न पुगेको शेयर बजार विश्लेषणको दाबी छ ।

यो दिन तीन अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, एसवाई प्यानेल नेपाल, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन, ओममेघाश्री फार्मास्यूटिकल्सको शेयर मूल्य तीन दशमलव ९७प्रतिशतदेखि १०प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बढेको बजारमा सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल एसबीआई बैंक र सीईडीबी होल्डिङ र हिमालयन रिइन्स्योरेन्स कम्पनीको ७ करोड ५६ लाख रुपैयाँदेखि १४ करोड २५ लाख रुपैयाँसम्मको शेयर कारोबार भएको छ।
यो दिन हिमस्टार उर्जा कम्पनी, एनएमबी माइक्रो इन्स्योरेन्स वित्तीय संस्था, खानीखोला हाइड्रोपावर कम्पनी, ज्योति विकास बैंकको शेयर मूल्य ४.२९ प्रतिशतदेखि ६.९५ प्रतिशतसम्मले घटेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit