images images images
images images images
images
images
images

सरकारसँग २ खर्ब ३ अर्ब रुपैयाँ मौज्दात, चार महिनाको कुल खर्च ४.६८ खर्ब

images

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सरकारसँग करिब २ खर्ब ३ अर्ब रुपैयाँ मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार २०८२ कात्तिक मसान्तमा बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ (प्रदेश सरकार तथास्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ।

२०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो । यस्तै, नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्ममा नेपाल सरकारको कुल खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा चालु खर्च ३ खर्ब २० अर्ब ९९ करोड, पुँजीगत खर्च २५ अर्ब ३१ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब २२ अर्ब ५८ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ।

images
images

यसैगरी, समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) गरी ३ खर्ब २६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यसअन्तर्गत कर राजस्व ३ खर्ब ६ अर्ब ८९ करोड र गैरकर राजस्व १९ अर्ब ६६ करोड रुपैयाँ परिचालन भएको राष्ट्र बैंकले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्