Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

कात्तिक मसान्तसम्म मुद्रास्फीति १.५३ प्रतिशतमा झर्‍यो, महँगी घट्दो क्रममा

कात्तिक मसान्तसम्म मुद्रास्फीति १.५३ प्रतिशतमा झर्‍यो, महँगी घट्दो क्रममा
विज्ञापन
Advertisement

काठमाडौं । महँगी क्रमश घट्दै गएको छ । केन्द्रीय बैंकले आज कात्तिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिबारे प्रतिवेदन सार्वजनिक गर्दै २०८२ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशत रहेको जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

समीक्षा अवधिमा यस्तो औसत मुद्रास्फीति ४.५९ प्रतिशत कायम थियो । राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत थियो । यसैगरी, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको उपभोक्ता मूल्य सूचकाङ्क ५.२५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ। तर तरकारी उप–समूहको मूल्य सूचकाङ्क १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ।

यसैगरी, गैर–खाद्य तथा सेवा समूहतर्फ विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सूचकाङ्क १५.१७ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले वृद्धि भएको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य सूचकाङ्क भने ०.२३ प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकाङ्क ०.६६ प्रतिशतले र सहरी क्षेत्रको १.२६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा १.८० प्रतिशत, मधेश प्रदेशमा १.७३ प्रतिशत, बागमती प्रदेशमा ०.८१ प्रतिशत, गण्डकी प्रदेशमा ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशमा १.२७ प्रतिशत, कर्णाली प्रदेशमा १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.२६ प्रतिशत मुद्रास्फीति रहेको छ।

केन्द्रीय बैंकका अनुसार भौगोलिक क्षेत्रका आधारमा काठमाडौं उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १।.६ प्रतिशत, तराईमा १.२४ प्रतिशत, पहाडमा ०.८८ प्रतिशत र हिमाली क्षेत्रमा १.०६ प्रतिशत रहेको छ ।

यस्तै, २०८२ कात्तिक महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.६५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मुद्रास्फीति १.९१ प्रतिशत, मध्यवर्ती वस्तुको ३.१४ प्रतिशत तथा पुँजीगत वस्तुको २.२६ प्रतिशत रहेको छ। निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ३.२४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार नेपाल र भारतको तुलना गर्दा २०८२ कात्तिक महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ भने सन् २०२५ नोभेम्बरमा भारतमा यस्तो मुद्रास्फीति ०.७१ प्रतिशत रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit