Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

भाद्र २३ र २४ को घटनाबाट प्रभावित विमितलाई शिखर इन्स्योरेन्सद्वारा द्रुत दाबी भुक्तानी

भाद्र २३ र २४ को घटनाबाट प्रभावित विमितलाई शिखर इन्स्योरेन्सद्वारा द्रुत दाबी भुक्तानी
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्र पुनर्निर्माणको यात्रामा सहयात्री बन्दै आएको शिखर इन्स्योरेन्स कम्पनीले भाद्र २३ र २४ गते भएका असहज घटना तथा परिस्थितिबाट प्रभावित आफ्ना विमितहरूको बीमा दाबी भुक्तानी द्रुत गतिमा गर्दै आएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार हालसम्म १७४ जना विमितबाट ४३३ वटा बीमा दाबी प्राप्त भएका छन्। तीमध्ये २२४ वटा दाबीको भुक्तानी भइसकेको छ, जसको कुल रकम करिब ४३ करोड रुपैयाँ रहेको छ। यसरी हालसम्म प्राप्त कुल दाबी संख्याको करिब ५२ प्रतिशत दाबी भुक्तानी भइसकेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीमा हालसम्म परेको कुल दाबी रकम २४१ करोड रुपैयाँ रहेकोमा त्यसको करिब ३७ करोड रुपैयाँ मात्र कम्पनीको खुद हिस्सा पर्ने पनि शिखर इन्स्योरेन्सले स्पष्ट पारेको छ।

बीमा दाबीका लागि आवश्यक सम्पूर्ण कागजात पूर्ण रूपमा प्राप्त नभइसकेको अवस्थामा समेत भौतिक रूपमा क्षति यकिन गरी, क्षतिको प्रकृति अनुसार सर्भेयरको प्रतिवेदनको आधारमा अग्रिम दाबी भुक्तानी गरिँदै आएको कम्पनीले जनाएको छ।

यद्यपि, यस विषम परिस्थितिमा बीमा दाबीका लागि आवश्यक प्रहरी प्रतिवेदन तथा पूर्ण रूपमा जलेर नष्ट भएका सवारीसाधनको दर्ता खारेजी प्रमाणपत्र प्राप्त गर्न ढिलाइ भइरहेकाले दाबीको पूर्ण फछ्र्यौटमा केही विलम्ब भइरहेको कम्पनीको भनाइ छ। यसका लागि सम्बन्धित निकायहरूसँग आवश्यक कागजात यथाशीघ्र उपलब्ध गराइदिन शिखर इन्स्योरेन्सले हार्दिक अनुरोध गरेको छ।

दाबी प्रक्रियालाई सहज र सरल बनाउन कम्पनीले सरलीकृत दाबी प्रक्रिया, डिजिटल सेवा, दाबी सहायता डेस्क तथा द्रुत अनुगमन सेवा सञ्चालनमा ल्याएको जनाएको छ। साथै, कम्पनीबाट खटाइएका सर्भेयर तथा कर्मचारीहरूले क्षति मूल्यांकनका लागि ग्राहकहरूलाई प्रत्यक्ष रूपमा सहजीकरण गर्दै आएका छन्।

ग्राहकलाई अझ सहज सेवा प्रदान गर्ने उद्देश्यले शिखर इन्स्योरेन्सले ३६५ दिन, २४ घण्टा उपलब्ध हुने कल सेन्टर सेवा पनि सुरु गरिसकेको जानकारी दिएको छ।

बीमा दाबी सम्बन्धमा खटाइएका कुनै सर्भेयरको सेवाप्रति गुनासो भएमा वा दाबी सहजीकरणका लागि कम्पनीको सम्बन्धित कर्मचारी वा दाबी विभागमा सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ। यसका लागि आवश्यक सम्पर्क विवरण कम्पनीको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

आगामी दिनहरूमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउँदै हरेक प्रतिकूल अवस्थामा सरल, सहज र प्रभावकारी सेवा प्रदान गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिवद्धता शिखर इन्स्योरेन्सले व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit