Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दुई प्रमुख सहरमा प्रोटोन ईमास ईभीको तीन दिने विशेष एक्सचेन्ज अफर सञ्चालन हुँदै

दुई प्रमुख सहरमा प्रोटोन ईमास ईभीको तीन दिने विशेष एक्सचेन्ज अफर सञ्चालन हुँदै
विज्ञापन
Advertisement

काठमाडौं। जगदम्बा मोटर्स प्रा.लिले दुई प्रमुख सहरमा तीन दिने विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनी अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासका लागि काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको हो।

विज्ञापन
Advertisement
Advertisement

प्रमुख सहरहरु काठमाडौं र चितवनमा पुस ६, ७ र ८ गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । काठमाडौं उपत्यकामा यो कार्यक्रम संस्कार फाइन डाइन एण्ड इभेन्ट्स, ललितपुरमा आयोजना हुनेछ भने चितवनको मिलनचोकस्थित शोरुममै आयोजना हुनेछ ।

तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मुल्य ४६.९९ लाखबाट सुरु हुनेछ ।

प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ। यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ। उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यस ईभी गाडीको लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ। विशेष अफरमार्फत ग्राहकहरूले आफ्नो गाडीलाई अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर समेत पाउने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit