Advertisement
Advertisement
Corporate Samachar
२८ भाद्र २०८३, आईतवार
Advertisement

कामना सेवा विकास बैंकद्वारा झापाका दुई स्वास्थ्य केन्द्रलाई वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

कामना सेवा विकास बैंकद्वारा झापाका दुई स्वास्थ्य केन्द्रलाई वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग
विज्ञापन
Advertisement

झापा । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम अन्तर्गत झापाका दुई स्वास्थ्य केन्द्रलाई वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले दमक नगरपालिका वडा नं। ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र तथा कमल गाउँपालिका वडा नं। ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र, सिम्लेलाई एक–एक थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको हो।

उक्त सामग्री बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले दमक नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष इन्द्र गुरुङ र कमल गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष लालबहादुर बिष्टलाई हस्तान्तरण गर्नुभएको थियो।

वडा अध्यक्षद्वय गुरुङ र बिष्टले बैंकको यस सहयोगबाट स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सर्वसाधारण, बिरामी तथा सेवाग्राहीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्दै, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहयोग पुर्‍याएकोमा बैंकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा बैंकका कर्मचारीहरू, सम्बन्धित वडा अध्यक्षहरू तथा वडा कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit