Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

रिलायान्स स्पीनिङ मिल्सको बुक बिल्डिङ प्रक्रियामा छानबिन समिति गठन

रिलायान्स स्पीनिङ मिल्सको  बुक बिल्डिङ प्रक्रियामा छानबिन समिति गठन
विज्ञापन
Advertisement

काठमाडौं। रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक बिल्डिङ प्रक्रियाबाट निष्काशन गर्ने क्रममा भएका काम–कारबाहीका सम्बन्धमा निष्पक्ष छानबिन गर्न समिति गठन गरिएको छ। बोर्डको मिति २०८२/०९/०४ गतेको निर्णयअनुसार १५ दिनभित्र छानबिन प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

बोर्ड सदस्य बिनोद कुमार भट्टराईको संयोजकत्वमा गठन गरिएको समितिमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहेका छन्। समितिलाई आवश्यकताअनुसार अन्य व्यक्तिहरूलाई समेत आमन्त्रण गर्न सक्ने अधिकार दिइएको छ।

समितिले रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक बिल्डिङ प्रक्रियामा भएका सम्पूर्ण गतिविधि र निर्णयहरूको अध्ययन–विश्लेषण गरी निष्पक्ष प्रतिवेदन तयार गर्ने जनाइएको छ। उक्त प्रतिवेदनका आधारमा आवश्यक निर्णय र कारबाही अघि बढाइने बोर्डले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit