Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्री आजदेखि

सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्री आजदेखि
विज्ञापन
Advertisement

 काठमाडाैं। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एक अर्ब आकारको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ संचालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त योजनाको इकाई निष्काशन २०८२ साल पौष ४ गतेदेखि पौष ८ गतेसम्म (छिटोमा) बैंकिङ समयभित्र बिक्रीका लागि खुला गरिएको सिटिजन्स क्यापिटलले जनाएको छ।

किन सिटिजन्स सन्तुलित योजनामा लगानी ?

म्युचुअल फण्डमा गरिएको लगानीले साधारण बचतको तुलनामा उच्च प्रतिफल दिने सम्भावना रहने गर्दछ। सिटिजन्स सन्तुलित योजनाले शेयर, डिबेञ्चरलगायतका साधनहरूमा लगानी गर्दै जोखिम र प्रतिफलबीच सन्तुलन कायम गर्ने रणनीति अवलम्बन गर्ने बताइएको छ।

हाल नेप्से परिसूचक तुलनात्मक रूपमा तल्लो तहमा रहेकाले यस समयमा गरिएको लगानीबाट भविष्यमा राम्रो प्रतिफल आर्जन गर्न सकिने सम्भावना रहेको सिटिजन्स क्यापिटलको धारणा छ।

यसअघि पनि आकर्षक वार्षिक लाभांश वितरण गर्न सफल योजना व्यवस्थापकबाट सञ्चालन हुन लागेकाले लगानीकर्ताका लागि यो योजना उपयुक्त हुने विश्वास गरिएको छ।

आवेदन प्रक्रिया र सीमा

योजनाको इकाई खरिदका लागि लगानीकर्ताले ‘मेरो शेयर’ खातामार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १००,००० इकाईसम्म आवेदन दिन सकिनेछ। प्रति इकाई मूल्य १० कायम गरिएको हुँदा न्यूनतम लगानी रकम १,००० र अधिकतम १० करोड हुनेछ।

योजनाको वित्तीय प्रक्षेपणअनुसार औसत वार्षिक प्रतिफल १४ प्रतिशत रहने अनुमान गरिएको छ। सिटिजन्स क्यापिटलले व्यक्तिगत लगानीकर्तालाई १,००० देखि २ लाख इकाईसम्म र संस्थागत लगानीकर्तालाई सम्भव भएसम्म बढी इकाईका लागि आवेदन दिन सुझाव दिएको छ।

सिटिजन्स क्यापिटलको भूमिका

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन तथा म्युचुअल फण्डका क्षेत्रमा निरन्तर नयाँ आयाम थप्दै पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit