काठमाडाैं । साताको पहिलो कारोबार आइतबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९.९२ अंकले घटेर २ हजार ५९५.१० विन्दुमा आइपुगेको छ । नेप्से सूचक घटेसँगै बजार पुन :२५९५ विन्दुमा आइपुगेको हो ।
यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचकमध्ये म्यूचुअल फण्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, र जीवन बीमा समूहको सूचकमा भारी गिराव आएको छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३४५ कम्पनीको १ करोड १२ लाख कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।
यो दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रो पावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ४२ लाख रुपैयाँदेखि १३ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
त्यस्तै यो दिन एसवाई प्यानेल नेपाल, सिटीजन बैंकको ऋणपत्र, नेपाल एसबीआई बैंकको ऋणपत्रको शेयर मूल्य ८ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ ।
सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक,उपर स्याङ्गे हाइड्रो पावर,कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य६.६४ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेको छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्