images images images
images images images
images
images
images

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६२ हजार नजिक

images

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो। आइतबारको तुलनामा आज प्रतितोला ३४ सय रुपैयाँले बढेको सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतिताला २ लाख ५८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

images
images

सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैबीच, आज चाँदीको मूल्य पनि तोलामा १३० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्