काठमाडाैं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ । आगामी साधारणसभाबाट पारित भएपश्चात उक्त लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
गत वर्ष कम्पनीले ६ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर दिएको थियो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३७ रुपैयाँ छ ।
२० प्रतिशत सर्वसाधारण र ८० प्रतिशत संस्थापक सेयर रहेको कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ छ ।
संस्थापक सेयरमा २३.३४ प्रतिशत सरकारको, १० प्रतिशत स्टक एक्स्चेन्जको, ३१.५५ प्रतिशत राष्ट्रिय बीमा संस्थानको र १५.११ प्रतिशत बैंक तथा वित्तीय संस्थाको हिस्सा छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी बढ्नेछ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्