Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जिली एक्स-५ बिक्री प्रवर्द्धन योजना ‘एक्स-५ एक्सेलेन्ट बोनान्जा’ सार्वजनिक

जिली एक्स-५ बिक्री प्रवर्द्धन योजना ‘एक्स-५ एक्सेलेन्ट बोनान्जा’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा जिली एक्स–५ म्याक्स, प्रो तथा एचई विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘एक्स–५ एक्सेलेन्ट बोनान्जा’ नामक विशेष बिक्री प्रवर्द्धन योजना सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिली एक्स–५ सिरिजमा लागू हुने यो सीमित अवधिको पर्व तथा नयाँ वर्ष अफरले नेपाली ग्राहकहरूका लागि प्रिमियम विद्युतीय सवारीसाधनलाई अझ आकर्षक र पहुँचयोग्य बनाउने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

यस विशेष योजनाअन्तर्गत २०२५ डिसेम्बर २५ देखि २०२६ जनवरी ७ सम्म जिली एक्स–५ म्याक्स र एचई बुकिङ गर्ने ग्राहकहरूले आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

योजनाअनुसार, जिली एक्स–५ बुक गर्ने ग्राहकहरूले अधिकतम २ लाख रुपैयाँसम्मको प्रत्यक्ष नगद छुट प्राप्त गर्नेछन् । साथै, दुई जनाका लागि रुपाकोट रिसोर्टमा २ दिन १ रातको निःशुल्क बसोबास प्याकेज पनि उपलब्ध गराइनेछ ।

यी अफरहरूका अतिरिक्त, कम्पनीले निःशुल्क एक्सेसरी तथा चार्जर, एक वर्षको सडक कर र एक वर्षको कम्प्रिहेन्सिभ बीमा सुविधा पनि समावेश गरेको छ ।

ग्राहकहरूको सुविधालाई थप सहज बनाउँदै एलआरआर मोटर्सले आफ्नो गैरिधारास्थित शोरूमबाट प्रयोगमा रहेका सवारीसाधनहरूको अन -द-स्पट उत्कृष्ट मूल्यांकन सुविधा पनि उपलब्ध गराउने जनाएको छ, जसले ग्राहकहरूलाई जिली एक्स-५ मा सहज रूपमा अपग्रेड गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसका साथै, सम्भावित ग्राहकहरूले परीक्षण सवारी (टेस्ट ड्राइभ) गर्दा आकर्षक उपहार ह्याम्परहरू प्राप्त गर्नेछन्, जसले जिली एक्स–५ सिरिजको कार्यक्षमता, सुविधा र उन्नत प्रविधि प्रत्यक्ष रूपमा अनुभव गर्न प्रेरित गर्ने कम्पनीको भनाइ छ ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, ‘क्रिसमस’ र अंग्रेजी नयाँ वर्षको अवसरमा हामी हाम्रा ग्राहकहरूसँग अझ नजिकबाट जोडिन चाहन्छौं । यस सीमित अवधिको योजनामार्फत प्रत्यक्ष नगद लाभ, स्वामित्व लागतमा सहयोग र अनुभवजन्य पुरस्कारमार्फत अर्थपूर्ण मूल्य थपिरहेका छौं । एलआरआर मोटर्स सहज विद्युतीय सवारी स्वामित्व सुनिश्चित गर्दै दिगो यातायाततर्फ नेपालको रूपान्तरणमा निरन्तर प्रतिबद्ध छ ।

जिली एक्स–५ म्याक्स र एचई दुवै मोडेलले विद्युतीय सवारीसाधनको डिजाइन, सुरक्षा र बुद्धिमान सुविधामा जिलीका नवीनतम प्रविधिहरूको प्रतिनिधित्व गर्छन् । यसले नेपालमा दिगो तथा उच्च गुणस्तरीय मोबिलिटी समाधानप्रतिको बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीको विश्वास छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit