Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनचाँदीको मूल्य सामान्य गिरावट, कतिमा हुँदैछ आज कारोबार?

सुनचाँदीको मूल्य सामान्य गिरावट, कतिमा हुँदैछ आज कारोबार?
विज्ञापन
Advertisement

काठमाडौं। केही दिनदेखि निरन्तर उकालो लागेको सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट देखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेर हालसम्मकै महँगो मूल्यको रेकर्ड कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको भाउ प्रतितोला चार हजार ४२० रुपैयाँ तोकिएको थियो ।

साताको पहिलो कारोबार दिनदेखि नै निरन्तर वृद्धि भैरहेको सुनचाँदीको भाउमा आज भने सामान्य गिरावट देखिएको हो । पुस महिनाको सुरुमा २ लाख ५९ हजार कायम रहेको सुनको भाउ १० गतेसम्म आइपुग्दा करिब नौ हजार रुपैयाँ बढिसकेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit