Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारतीय स्कूटर ब्रान्ड एम्पीयरका दुई मोडल आजबाट नेपाली बजारमा, मूल्य कति ?

भारतीय स्कूटर ब्रान्ड एम्पीयरका दुई मोडल आजबाट नेपाली बजारमा, मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं। भारतमा उत्पादन हुने विद्युतीय दुईपांग्रे सवारी (स्कूटर) को ब्रान्ड एम्पीयर अब नेपाली बजारमा प्रवेश गरेको छ। एसटीसी अटो सोलुसन प्रा.लि. ले एसटीसी ग्रुप अन्तर्गत भारतको विद्युतीय सवारी निर्माता ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कूटर नेपालमा आधिकारिक रूपमा बिक्री सुरु गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले प्रारम्भिक चरणमा एम्पीयरका दुई विद्युतीय मोडल बिक्री गर्ने जनाएको छ । भारतमा विगत एक दशकदेखि विद्युतीय दुईपांग्रे सवारी उत्पादन गर्दै आएको कम्पनीका उत्पादनहरू त्यहाँ लोकप्रिय ब्रान्डमध्ये एक मानिन्छन् । एसटीसी अटो सोलुसनका अनुसार नेपाली बजारमा ल्याइएका स्कुटरहरू उच्च प्रदर्शनयुक्त र आधुनिक प्रविधिसहितका छन्। कम्पनीले ‘नेक्सस’ र ‘म्याग्नस निओ’ मोडलका स्कूटर नेपाल भित्र्याएको हो ।

कम्पनीका अनुसार यी स्कुटरमा लिथियम आयरन फोस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसको लाइफ साइकल करिब दुई हजार चार्जसम्म रहने बताइएको छ। ब्याट्रीमा पाँच वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने कम्पनीको दाबी छ। अत्यधिक चिसो र तातो तापक्रममा परीक्षण गरिएको ब्याट्री प्रयोग भएकाले स्कुटर नेपाली भौगोलिक अवस्थाका लागि उपयुक्त हुने कम्पनीको विश्वास छ ।

म्याग्नस निओ मोडलमा करिब २.३ किलोवाट क्षमताको ब्याट्री र शक्तिशाली मोटर उपलब्ध रहेको छ। कम्पनीका अनुसार एकपटक फुल चार्ज गर्दा करिब १०० किलोमिटरसम्म यात्रा गर्न सकिनेछ । यसमा आरामदायी सिट, १५० किलोग्रामसम्म भार बोक्ने क्षमता र पर्याप्त ग्राउन्ड क्लियरेन्स रहेको छ । यस मोडलको मूल्य करिब तीन लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

त्यसैगरी नेक्सस मोडलमा उच्च क्षमताको मोटर, पाँच राइडिङ मोड, रिभर्स सुविधा, एलईडी लाइट, यूएसबी चार्जर र कनेक्टिभिटी सुविधा उपलब्ध छन्। यस मोडलको मूल्य करिब तीन लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। नेपालमा विद्युतीय सवारीको माग बढ्दै गएको सन्दर्भमा एम्पीयर ब्रान्डको प्रवेशले प्रतिस्पर्धा बढ्नुका साथै उपभोक्तालाई थप विकल्प उपलब्ध हुने कम्पनीको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit