Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

दीगो लघुवित्त अभ्यासको प्रवर्द्धन गराउने लक्ष्यसहित बागमती प्रदेश स्तरीय लघुवित्त सदस्य सम्मेलन हुँदै

दीगो लघुवित्त अभ्यासको प्रवर्द्धन गराउने लक्ष्यसहित बागमती प्रदेश स्तरीय लघुवित्त सदस्य सम्मेलन हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन भोली राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठले गर्ने आयोजकले बताएको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनमा बागमती प्रदेशमा केन्द्रीय कार्यालय रहेका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुको सहभागिता रहने बुधबार संयोजक समेत रहेकी मानुषी लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिइन् । विगतमा सम्मेलन राष्ट्रिय स्तरमा आयोजना गरिँदै आएको भए पनि प्रदेश स्तरमा भने पहिलो पटक हुन लागेको आयोजको भनाइ छ।

लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी तथा प्रभावकारी बनाउने अभिप्रायले आयोजना हुने उक्त सम्मेलनको मुख्य उद्देश्य लघुवित्तको मूल मर्म र भावना अनुरुप विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउने रहेको छ बताइएको छ । साथै ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रुपमा लघुवित्त कार्यक्रमलाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्ने तथा युवा सदस्यहरुलाई उद्यमशीलताको विकासतर्फ प्रोत्साहित गर्नुका साथै सरोकारवाला सबैलाई जिम्मेवार र उत्तरदायी बनाउँदै दीगो लघुवित्त अभ्यासको प्रवद्र्धन गराउने लक्ष्य आयोजकले लिएको जनाएको छ ।

सम्मेलनले लघुवित्त सदस्यहरु बीचमा अनुभव आदान प्रदान भई आपसी समझदारी र सहकार्य बढ्ने तथा लघुवित्त क्षेत्रको दीगो विकास, उद्यमशीलता प्रवद्र्धन एवं समावेशी आर्थिक वृद्धिका लागि महत्वपूर्ण योगदान दिने आयोजकले अपेक्षा लिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit